रौतहट , असार ७ गते , इशनाथ नगरपालिकाको ११ औ नगर सभा अधिविशन सुरु भएको छ । नगरपालिकाको आफ्नै सभा हलमा ११ औ नगर सभा अधिवेशन विधिवत रुपमा सुरु भएको छ । नगरपालिकाका नगर प्रमुख कौशलया देविको अध्यक्षतामा सुरु भएको ११ औ नगर सभा अधिवेशनमा पुर्व शिक्षा सचिव डा राम स्वरुप सिंह प्रमुख अतिथिका रुपमा उपस्थित भएका छ्न । नगरपालिकाको ११ औ नगर सभा अधिवेशनमा पालिकाका उप प्रमुख प्रवेज आलम , पालिका प्रमुख प्रसाशकिय अधिकृत नन्दकिशोर गुप्ता विशिष्ट अतिथिका रुपामा आशन ग्रहन गर्नु भएका हुन । पालिकाको जनताको जनचाहना अनुसारा बजेट प्रस्तुत गर्न लागिएको ११ औ नगर सभा अधिवेशमा नगरपालिकाका वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका सम्पुर्ण वडा अध्यक्ष वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको छ । अगामी आर्थिक वर्ष ८२र८३ को नीति कार्यक्रम तथा अनुमानित बजेट वक्तव्यमा पालिकाका जनसमुदाय , समाजसेवी लगायत अगुवाहरुको उल्लेखनिय सहभागिता रहेको छ । कार्यक्रमा सञ्चारकर्मी , सुरक्षाकर्मी लगायतको समेत सहभागिता रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here