राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले इस्लाम धर्मालम्बीहरूको विशेष पर्व बकर ईदले राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताएका छन् ।
शनिबार बकर इदको शुभकामना दिदैँ उनले यस पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप, एकता र त्यागको भावना जागृत गर्नुका साथै अन्य धर्म र समुदायबीच सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
यस्तै, उनले विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान भएको भन्दै यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here