कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि निर्धारण गरेको विभिन्न कृषिउपजको औषत थोक मूल्य अनुसार अघिल्लो दिनको तुलनामा गोलभेँडाको भाउ बढेको छ ।
समितिको दैनिक मूल्य सुचि अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०.७५ रुपैयाँ रहेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य किलोमै ५ रुपैयाँ बढी हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७४.७५ रुपैयाँ रहेको छ, अघिल्लो दिन यसको मूल्य ६५ रुपैयाँ थियो ।
गोलभेँडा सानो (लोकल) ३६.६० रुपैयाँ तोकिएको छ, अघिल्लो दिन यसको औषत थोक मूल्य ३३.७५ रुपैयाँ थियो । आज टनेलको सानो गोलभेँडाअको औषत थोक मूल्य प्रतिकिलो ५१ रुपैयाँ रहेको छ । अघिल्लो दिन टनेलको सानो गोलभेँडाको मूल्य ४४.८० रुपैयाँ थियो ।
आज आलु रातो प्रतिकिलो ३८.५० रुपैयाँ, भारतीय आलु रातो ३३.५० रुपैयाँ, र मुडे आलु रातो ३८ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ३७.२० रुपैयाँ निर्धारण गरिएको छ ।
अन्य तरकारीहरूमा गाजर (लोकल) ५३.५० रुपैयाँ, बन्दा (लोकल) १३ रुपैयाँ, काउली (स्थानीय) ४५ रुपैयाँ, मूला रातो ३२.७५ रुपैयाँ, मुला सेतो (लोकल) १७.८० रुपैयाँ, मुला (हाइव्रिड) २२ र भन्टा लाम्चो १६ रुपैयाँ र भान्टा डल्लो २८ रुपैयाँ किलो रहेको छ ।
तनेबोडीको मूल्य प्रतिकिलो ३५.६० रुपैयाँ, मकैबोडी प्रतिकिलो ६५.४० रुपैयाँ, मटरकोसा १३९.२५ रुपैयाँ, र घिउ सिमी (लोकल) ४०, घिउ सिमी घिउ सिमी (हाइव्रिड) ३७.४० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ११०.५०, भटमासकोशा १२५.५० रुपैयाँ किलो मूल्य कायम भएको छ । तीतो करेला ४२.५० रुपैयाँ, लौका २६.६० रुपैयाँ, चिचिण्डो २७ रुपैयाँ, घिरौला ३६.७५ रुपैयाँ, र भिण्डी ४३.७५, पिंडालू ११०.५० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै झिगुनी प्रतिकिलो ५३.८० रुपैयाँ, पाकेको फर्सी ३९.३३ रुपैयाँ, हरीयो लाम्चो फर्सी २७.५० रुपैयाँ, डल्लो हरीयो फर्सी १९ रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।
रायोसाग २८.७५ रुपैयाँ, पालुङ्गो साग ३६.२५ रुपैयाँ र प्याज हरियो ६७.४० रुपैयाँ रहेको छ । च्याउ (कन्य) १९० रुपैयाँ, च्याउ (डल्ले) ३२६ रुपैयाँ, र कुरिलो २४५ रुपैयाँ किलो रहेको छ ।
निउरो प्रतिकिलो २५ रुपैयाँ, ब्रोकाउली ७०.५० रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ, सजिवन ११३ रुपैयाँ, रातोबन्दा प्रतिकिलो ६८.५०, जिरीको साग ७६ रुपैयाँ, ग्याठ कोबी ४८ रुपैयाँ, सेलरी ११३, पार्सले ४०० रुपैयाँ, सौफको साग ९१ रुपैयाँ, पुदिना १०३, गान्टे मुला ३४ रुपैयाँ, इमली, १६५, तामा ९५, तोफु १२६, गुन्द्रुक ३२६ रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।
फलफूलतर्फ, स्याउ (झोले) २४० रुपैयाँ, स्याउ (फुजी) २७० रुपैयाँ, र केरा (दर्जन) १४५ रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो १९० रुपैयाँ, अनार ३२६ रुपैयाँ, र आँप (मालदह) ६० रुपैयाँ, आँप (दसहरी) ७१ रुपैयाँ किलो रहेको छ । अङ्गुर (हरियो) २२६ रुपैयाँ, अङ्गुर (कालो) ३२६, तरबुजा (हरियो) ३५ रुपैयाँ, मौसम १९० रुपैयाँ, जुनार २२७ रुपैयाँ र भुइँकटहर प्रतिगोटा १७०, रुख कटहर ६० रुपैयाँ किलो र भारतीय मेवा १०० रुपैयाँ निर्धारण गरिएको छ । लिची (लोकल) १३० रुपैयाँ र लिची (भारतीय) २१० रुपैयाँमा खरिद गर्न सकिनेछ ।
अदुवा १०१ रुपैयाँ किलो, खुर्सानी सुकेकोल ३९७ रुपैयाँ, खर्सानी हरीयो ४०, बुलेट खुर्सानी ४२ रुपैयाँ, माछे खुर्सानी ३५ रुपैयाँ, अकबरे खुर्सानी २८० रुपैयाँ, भेडेखुर्सानी ७८ रुपैयाँ, हरीयो धनियाँ ४० रुपैयाँ, चाइनीज सुकेको लसुन २१०, नेपाली सुकेको लसुन १७५ रुपैयाँ, छ्यापी सुकेको १९०, छयापी हरीयो ११० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।
त्यसैगरी ताजामाछा रहु ३२० रुपैयाँ, बचुवा माछा ३१० रुपैयाँ, छडी माछा २३० रुपैयाँ, राजा च्याउ, २९०, सिताके च्याउ ८५५ रुपैयाँ किलो निर्धारण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here