बेलायतस्थित कल्याणकारी संस्था, सुबोध फाउन्डेशन युकेले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानको डिपार्टमेन्ट अफ आर्किटेक्चरमा आयोजित एक समारोहमा नेपालका लागि ब्रिटिश राजदूत रब फेनले उत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
उक्त समारोहलाई सम्बोधन गर्दै राजदूत फेनले शिक्षा र मानव पूँजी निर्माणमा गरिने लगानीले आर्थिक विकासको जग बसाल्ने बताए । उनले शिक्षा र अर्थतन्त्रबीच प्रत्यक्ष सम्पर्क रहेको भन्दै पढेलेखेका नेपालीहरु विदेश गएपनि उनीहरु स्वदेश फर्किएर आफ्नो समाज र समुदायको हितका लागि योगदान गरेको बताए ।
राजदूत फेनले गोर्खा सैनिकहरु दुवै मुलुकहरुबीच सम्बन्धको कडी हुन् भन्दै अहिले जनस्तरमा समेत सम्बन्ध निकै विस्तारित भएको बताए । उनले इन्जिनियरिङ विधामा सिद्धान्त र व्यवहारको गठजोड हुने बताउंदै प्राविधिक शिक्षाको विकासमा सघाउन ब्रिटिश सरकार इच्छुक रहेको बताए ।
उनले प्रतिभाशाली नेपाली विद्यार्थीहरुलाई सहयोग र सम्मान गरेकोमा सुबोध फाउन्डेशन युकेको प्रशंसा पनि गरे ।
दोस्रो पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका डीन प्राडा सुशील बहादुर बज्राचार्यले उक्त पुरस्कारले संस्थानका विद्यार्थीहरुको मनोबल बढाएको भन्दै सुबोध फाउन्डेशन युकेलाई धन्यवाद दिए ।
पुल्चोक क्याम्पस प्रमुख डा.संजय उप्रेतीले सीमित स्रोत साधनका बावजुद क्याम्पसले विभिन्न विधामा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको जनाए । उनले सारा विश्व विद्यार्थी केन्द्रित शिक्षण प्रणालीमा गइरहेकाले नेपालले पनि शिक्षक केन्द्रित प्रणालीलाई बदल्नु पर्ने जनाए । उनले नेपालको भविष्य युवा पुस्तामा निर्भर रहेको बताउंदै नेपालमा युवाहरुले नै परिवर्तन ल्याउने बताए ।
उक्त अवसरमा बोल्दै सुबोध फाउन्डेशन युकेका अध्यक्ष इ.सुबोध तिमिल्सिनाले आफुले ४५ वर्ष पहिले प्रमाणपत्र तहमा पढेको इन्स्टिच्युटका मेधावी विद्यार्थीहरुलाई सानो भएपनि सहयोग गर्न पाएकोमा आफुलाई अत्यन्तै खुसी लागेको बताए ।
फाउन्डेशनले बेलायतको ब्रुनेल विश्वविद्यालयसँग पनि एउटा समझदारीपत्रमा हस्ताक्षर गरेको जनाउंदै उत्कृष्ट विद्यार्थीहरुलाई भविष्यमा बेलायतका विश्वविद्यालयहरुमा मास्टर्स तथा पीएचडी तहको अध्ययन अनुसन्धानमा सघाउने आफ्नो योजना सुनाए ।
सोसाइटी अफ नेप्लिज इन्जिनियर्स युकेका अध्यक्ष पनि रहेका इ.तिमिल्सिनाले विद्यार्थीहरुलाई मेहनत गरेर आफ्नो विधामा उत्कृष्टता हासिल गर्न सुझाव पनि दिए ।
कार्यक्रममा राजदूत फेन, डीन प्राडा बज्राचार्य, क्याम्पस प्रमुख डा.उप्रेती तथा सुबोध फाउन्डेशन युकेका अध्यक्ष इ.सुबोध तिमिल्सिनाले मास्टर्स तहमा उत्कृष्ट थेसिस तथा उच्च अंक ल्याउने विद्यार्थीहरु प्रबल दाहाल, प्रसिद्धी हमाल, स्वस्तिना रंजित एवं स्नातक तहमा उत्कृष्ट थेसिस तथा उच्च अंक ल्याउने विद्यार्थीहरु कृपा तिमिल्सिना, रश्मी गौतम, आशिष बिक लगायतलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यस्तै सुबोध फाउन्डेशन युकेका अध्यक्ष तिमिल्सिनाले राजदूत फेन, डीन प्राडा बज्राचार्य, क्याम्पस प्रमुख उप्रेती तथा अन्य प्राध्यापकहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान डिपार्टमेन्ट अफ आर्किटेक्चरका प्रमुख प्राडा असीम रत्न बज्राचार्यले सबै सहभागीहरुलाई स्वागत गरेका थिएभने सोही विभागकी उपप्रमुख डा.इनु प्रधान पालिखेले धन्यवाद ज्ञापन गरिन् । गोर्खा सैनिकहरु नेपाल र वेलायतको सम्बन्धका कडी हुन् ः राजदूत रब फेन
काठमाडौं । नेपालका लागि बेलायती राजदूत रब फेनले गोर्खा सैनिकहरु दुवै मुलुकहरुबीच सम्बन्धको कडी भएको बताएका छन् ।
सुबोध फाउन्डेशन युकेले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
जसका कारण अहिले जनस्तरमा समेत सम्बन्ध निकै विस्तारित भएको बताए । उनले इन्जिनियरिङ विधामा सिद्धान्त र व्यवहारको गठजोड हुने बताउंदै प्राविधिक शिक्षाको विकासमा सघाउन ब्रिटिश सरकार इच्छुक रहेको पनि जनाए ।
उनले सबै प्रकारका भौगोलिक चुनौतीहरू भएको नेपाल जस्तो देशमा इन्जिनियरिङभन्दा महत्वपूर्ण विषय अरू नभएको भन्दै यस्तो कार्यक्रमको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए ।
उनले भने, ‘द्विपक्षीय सम्बन्धको एक हिस्सा बन्न पाउँदा र राजदूतको रूपमा, म पनि यहाँ हुन पाउँदा खुसी छु । धेरै गर्व गर्छु । नेपाली युवा इन्जिनियरिङको करियरमा प्रोत्साहित गर्न पाउँदा खुसी छु । सबै प्रकारका भौगोलिक चुनौतीहरू भएको नेपाल जस्तो देशमा इन्जिनियरिङ योभन्दा महत्त्वपूर्ण अरू केही हुन सक्दैन । म यस परिदृश्यमा इन्जिनियरहरुको प्रशंसा गर्छु । मलाई वास्तुकला धेरै मनपर्छ, तर मसँग त्यस्तो कुनै प्रतिभा छैन ।’
यस्तै, उनले बेलायती सरकारले नेपालको शिक्षा मन्त्रालयसँग सार्वजनिक क्षेत्रमा काम गर्न धेरै समय बिताएको भन्दै शिक्षा सचिव अर्को हप्ता बेलायत भ्रमणमा जान लागेको उल्लेख गरे ।
फेनले शिक्षा र मानव पूँजी निर्माणमा गरिने लगानीले आर्थिक विकासको जग बसाल्ने बताए । उनले शिक्षा र अर्थतन्त्रबीच प्रत्यक्ष सम्पर्क रहेको भन्दै पढेलेखेका नेपालीहरु विदेश गएपनि उनीहरु स्वदेश फर्किएर आफ्नो समाज र समुदायको हितका लागि योगदान गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here