विराटनगर । झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
झापाको कन्काई नगरपालिका–१ का ६६ बर्षीय तारा बहादुर बिश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
यसैगरी इलामको माइ नगरपालिका–८ का ४६ बर्षीय मदन कुमार राई घरमा कोही नभएको अवस्थामा मोवाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत अवस्थामा फेला परेका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here