काठमाडौंको पाशुपत क्षेत्रमा मनाइने ऐतिहासिक एवं पुरातात्त्विक जात्रा बज्रेश्वरीको समापन भएको छ ।
गत बुधबार देउतालाई पिंगलस्थानमा ल्याई विधिवत रूपमा पुजा गरी बज्रेश्वरी जात्राको शुरूवात भएको हो ।
तान्त्रिक विधिबाट हुने जात्राको परम्परा आ–आफ्नै रहेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डंगोलले बताए ।
उनले, पाशुपत क्षेत्रमा मनाइने बज्रेश्वरी जात्राको शनिबार बिहान हरिजन टोलबाट देउता इट्टापाखा विहानबाट शुरूवात भएको जात्रा साँझ समापन भएको बताए ।
उनले, रथयात्रा पशुपतिनाथ परिसर, इट्टापाखा, जयवागेश्वरी, नवाली टोल, सिफल चौरमा पुगेर दुई ठक्कर लगाई पुनः नवाली टोल, जयवागेश्वरी, दथु टोल, पशुपति हुदैँ बाग्मती नदि पार गरी तिलगंगाको विभिन्न स्थानमा परिक्रमा गरी पुनः पशुपतिनाथ परिसर ल्याएर बज्रेश्वरीको जात्रा समापन गरिएको बताए ।
उनले, यस जात्रा अन्तरगत (कुम्हमचा) कन्यापुजा गरिने प्रचलन रहेको बताए जसमा नौं जना कन्या दुई जना गणेश, कुमार र कुमारी रहेको बताए ।
त्यस्तै, शनिबार साँझ बज्रेश्वरी समापन भए पश्चात् बछलेश्वरीको जात्रा प्रारम्भ भएको छ । यो जात्रा १८ गते रातिबाट समापन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here