हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । शुक्रबार बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
दिउँसो ती दुई प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएङ्को छ ।
राति कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा मौसम आंशिक बदली रहने सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा राति पनि हल्का हिमपात र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराईका केही भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
०००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here