जनकपुर । धनुषाकोे हँसपुर नगरपालिका ८, रामनगरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको वडा अधिवेशन तथा होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
वडा अधिवेशनबाट मनोज कुमार मण्डलको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति सर्वसम्मत गठन भएको छ । समितिको उपाध्यक्षमा अशेसवर मण्डल र मोहन मण्डल खत्बे चयन भएका छन् भने सचिवमा वीरेन्द्र महरा, सहसचिवमा रसिक लाल मुखिया र जमुनी देवी मुखिया, कोषाध्यक्षमा सोनादेवी मुखिया तथा सदस्यहरूमा तरुण देवी सादा, दुख्ने देवी महरा लगायत अन्य नेताहरू चयन भएका छन् ।
नवगठित समितिलाई उपस्थित नेताकार्यकर्ताहरूले बधाई तथा शुभकामना दिनुका साथै एकता, सहकार्य र पार्टी सुदृढीकरणमा जोड दिएका थिए ।
कार्यक्रममा पूर्व पालिका अध्यक्ष एवम लोसपाका नेता रामज्ञान मण्डलले नयाँ सदस्यहरूलाई स्वागत गर्दै उनले लोसपा नेपालको विचारधारा र नीति कार्यक्रमलाई सफल बनाउन सबै एकजुट भएर लाग्न सुझाव दिए ।
कार्यक्रमले पार्टीको संगठन सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै स्थानीय नेता तथा कार्यकर्ताहरूले आगामी दिनमा थप सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी १ दर्जन बढी नेता कार्यकर्ता लोसपा नेपालमा प्रवेश गरेका थिए ।
कार्यक्रममा लोसपाका नेता मनोज कुमार मण्डल, केन्द्रीय सदस्य भोलानाथ झा, जिल्ला उपाध्यक्ष झपसी मण्डल, जिल्ला सदस्य एवं महिला नेत्री मीना मण्डल, सचिव विजय झा, पूर्व कार्यपालिका सदस्य रामअशिष मोची, नगर सदस्य बेच्ने देवी मण्डल तथा अन्य नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here