जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टीले मधेश प्रदेश समितिको विस्तार गरेको छ । प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेश समितिको विस्तार गरेका छन् ।
विस्तारित कार्यसमितिको उपाध्यक्षमा रामबाबु यादव सिरहा, अरुण पाठक महोत्तरी, रामज्ञान मण्डल धनुषा र विन्देश्वर यादव रौतहट चयन भएका छन् ।
त्यसैगरि मुख्यसचिवमा राम विनोद चौधरी धनुषा, सचिवमा ओमलोक पटेल रौतहट, सरयुग यादव महोत्तरी, जलाइद्दिन राइन महोत्तरी, र राजकुमार महरा सिरहा चयन भएका छन् । त्यसै गरि कोषाध्यक्षमा सर्लाहीका प्रेमशिला यादव चयन भएकी छिन् ।
लोसपाले मधेश प्रदेश समितिको कार्यकारिणी समितिमा रामप्रवेश दास रौतहट, महाशंकर ठाकुर धनुषा, अंजु बैठा सर्लाही, राम गिरी पर्सा, मुकेश कर्ण सप्तरी, विनोद गामी महोत्तरी, गंगा प्रसाद रजक धनुषा, मिथिलेश यादव सर्लाही, ललित झा सर्लाही, शुभनारायण साह सर्लाही, विना कुशवाहा रौतहट, प्रभु चौधरी सर्लाही, विरवंश बैठा सर्लाही, विनय सिंह बारा, राजु गिरी बारा, कृष्ण साह बारा, रुपेश पटेल रौतहट, युगनारायण चौधरी सर्लाही, सचिन्द्र झा सर्लाही, देवानन्द यादव पर्सा, राजविन्द्र यादव सिरहा, फनिकान्त झा सप्तरी, बबिता चौधरी महोत्तरी र सरिता कुमारी शर्मा महोत्तरी चयन भएका छन् ।
लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल विज्ञप्ति जारी पदाधिकारी र कार्यकारिणीका अतिरिक्त ५१ जना सदस्य चयन गरिएको जनाएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here