अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सापकोटा अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । उनीमाथि कैद, बिगो र जरिवाना हुनुपर्ने माग अख्तियारले गरेको छ ।
उनी गत २८ मङ्सिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए ।
‘उजुरीसँग सम्बन्धित कागजात पेस गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा निजलाई अनुसन्धान अधिकृत आफैँले खोलेर दिनुभन्दा निजले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेँलो खाममा एक लाख रुपैयाँ भेटिएको थियो, यो के को पैसा हो ? भनी सोधपुछ गर्दा मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेका थिए,’ आरोपपत्रमा भनिएको छ ।

जिल्ला अछाम, मेल्लेख गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हाल जिल्ला नुवाकोट, किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रुर्व प्रसाद सापकोटा उपर घुसररिसवत दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

प्रेस विज्ञप्तिस्( मिति २०८१।०९।२५ गते।

जिल्ला अछाम, मेल्लेख गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हाल जिल्ला नुवाकोट, किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रुर्व प्रसाद सापकोटाले मेल्लेख गाँउपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरी उपर आयोगको कार्यालय, कञ्‍चनपूरबाट विस्तृत अनुसन्धान भइरहेको उजुरीसँग सम्बन्धित कागजात पेश गर्न भनी आयोगको कार्यालय कञ्‍चनपूरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजात सहितको खाम दिंदा निजलाई अनुसन्धान अधिकृतले आफैले खोलेर दिनु भन्दा निजले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेंलो खाममा रू। १,००,०००।( ९एक लाख रूपैँया० रहेकोमा यो के को पैसा होरु भनी सोधपुछ गर्दा मुद्दा मिलाईदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेको अवस्थामा निजले घुसररिसवत दिने मनसायसहित ल्याएको उक्त रकमसहित निज ध्रुर्व प्रसाद सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको कार्यालयबाट नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा हाल जिल्ला नुवाकोट किस्पाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटा उपर साविकमा जिल्ला अछाम, मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको भन्ने उजुरीको विस्तृत अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकृतले निज प्रतिवादीको वयानसमेतका अनुसन्धानका कार्य गर्दै स्थलगत अनुगमन समेतका कार्य सम्पन्न गरिसकेको अवस्थामा उक्त अनुसन्धानलाई प्रभावमा पार्न, खरिद कार्यमा भए गरेका भ्रष्टाचारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारवाही अगाडि नबढार्इ अनुसन्धान टुङ्ग्याउन अनुसन्धान अधिकृतलाई मोलाहिजा गर्न तथा अनुसन्धानलार्इ अनिष्ट गर्ने गराउने प्रयोजनको लागि घुसररिसवत रु।१,००,०००।– दिनको लागि उजुरीसँग सम्बन्धित कागजात बुझाउने बहानामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गई उक्त घुसररिसवत रकम दिँदादिँदै उसैबखत निज प्रतिवादी ध्रुर्व प्रसाद सापकोटा अनुसन्धान अधिकृतको उजुरी प्रतिवेदन समेतका आधारमा पक्राउ परेकोबाट निज प्रतिवादीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० ले परिभाषा एवं निषेध गरेरभए बमोजिम सोही ऐनको दफा ३ को उपदफा ९३० बमोजिमको कसूर भएको हुँदा निजलाई बिगो रु।१,००,०००।–९एक लाख रुपैयाँ० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९३० ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा ९१० को देहाय ९ग० बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा ९१० अनुसार बिगो बमोजिम जरिवाना गरी बिगो सोही ऐनको दफा ३ को उपदफा ९१० बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here