पोखरा । गण्डकी प्रदेश स्तरीय पीएम कप महिला टि–२० प्रतियोगिता अन्तर्गत छनोट खेलको उद्घाटन भएको छ । यहि पौष २२ गते देखि २५ गते सम्म पोखरा रंगशाला क्रिकेट मैदानमा हुने खेलमा चार समूह सहभागी छन् ।
राष्ट्रिय खेलकुद परिषदको सहयोगमा आगामी माघको पहिलो हप्ता धनगढीमा आयोजना हुने नेपाल क्रिकेट संघको वार्षिक कार्यक्रम पीएम कप महिला टि–२० राष्ट्रिय प्रतियोगिताका लागि प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश पी एम कप महिला टि–२० छनौटको उदघाटन भएको हो ।
उक्त समारोहमा बोल्दै गण्डकी प्रदेश क्रिकेट एसोसिएसनका सञ्जय कान्त सिग्देलले खेलाडीहरुलाई राम्रो प्रदर्शन गर्न सुझाव दिए । उनले १४ जना मात्र खेलाडी क्लोज क्याममा राखेर बढी भन्दा बढी सीप सिकाउने बताए ।
गण्डकी प्रदेश सदस्य सचिव श्रीधर शर्माले राज्यले खेल र खेलाडीको वास्ता नगरेको बताए । उनले भने, ‘सत्तामा या प्रतिपक्षमा हुनुहुन्छ । खेलकुद क्षेत्रमा रकम छुट्याउदा किन सम्झिनु हुन्न ? अब सम्झिदिनुस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here