क्ष्लदयह जसपा नेपालको कास्की जिल्ला समिति पुनर्गठन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कास्की जिल्ला समिति पुनर्गठन भएको छ ।
पार्टीका उपाध्यक्ष एवम् गण्डकी प्रदेश समितिका इन्चार्ज शिबलाल थापा मगरको विशेष उपस्थितिमा पोखराको बुद्ध चोकमा प्रशिक्षाण तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी भगवान श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कास्की जिल्ला समिति पुनर्गठन गरेको हो ।
सोही भेलाबाट सुनील श्रीस मगरको अधयक्षतामा २१ सदस्यीय पोखरा महानगर समितिससमेत पुनर्गठन गरिएको छ ।
साथै टीका गुरुङको अध्यक्षतामा समाजवादी महिला संघ कास्की जिल्ला समिति गठन भएको छ । समिति १५ सदस्यीय रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here