दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ८५ यात्रुको मृत्यु भएको छ ।चालक दलका ६ जना सदस्य र १७५ यात्रु बोकेको जेजु एअरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।थाइल्यान्डको राजधानी ब्यांककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।धावनमार्गमा चिप्लिएको विमान पर्खालमा ठोक्किएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा ४६ महिला र ३९ पुरुष रहेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here