नेपाल न्यूज बैंकले एक साता भर विभिन्न प्रकारका तस्बिरहरु सार्वजनिक गरेको छ । सार्वजनिक उक्त तस्बिरहरु पुष ७ गतेदेखि १३ गतेसम्मका छन् ।यस्ता छन् साताका तस्बिरहरु ःयसमा पुष ७ गते ः काठमाडौंमा बन्दै गरेका सडकपेटीहरुको तस्बिरहरु छन् । काठमाडौं महानगरले सडकपेटी सुधार र मर्मतको काम गरिरहेको छ जसका कारण काठमाडौंका सडकपेटी सुन्दर देखिन थालेका छन् ।पुष ८ गते ः ललितपुर पाटन क्षेत्रका सांस्कृतिक सम्पदाहरुलाई बत्तीका तारहरुले कुरुप बनाउदैँ गएका छन् । ललितपुर महानगरपालिकाले संस्कृती बचाउन कुरालाई बढि प्राथमिकतामा राखेर काम गर्दा पनि ललितपुरको पाटन क्षेत्रभने तारमुक्त हुने सकेको छैन् ।यस दिन त्रिविको दिक्षान्त समारोहका लागि गाउन, स्कार्फ र टोपी लिनको लागि लाइनमा बसेका विद्यार्थीहरुको पनि तस्बिरहरु गएका छन् । विद्यार्थी भइसकेपछि  दिक्षित हुने कालोटोपी लगाउने रहर सबैलाई हुन्छ ।पुष ९ गते ः क्रिसमस नजिकिएसँगै सजिएका स्टोरहरु (तस्बिरहरु)क्रिसमसको अवसरमा नेपालका विभिन्न स्टोर र भाटभटेनीमा क्रिसमसको रौनक दखिएका छन् ।तस्विरमा हेर्नुहोस् भक्तपुर दरवार क्षेत्रभक्तपुर दरबार क्षेत्र ऐतिहासिक दृष्टिकोणबाट मात्र नभएर साँस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि समेत महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ । प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए ।पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु (तस्वीरहरु)पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु भएको हो । फेस्टिभलमा विभिन्न १५ देशका १७ वटा हट एयर बेलुन उडाइएको थियो ।पुष १० गते ः अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा आएका बेलुन पाइलटहरु सान्टा क्लजको भेषमा बेलुन उडाउँदै (फोटोफिचर)कास्कीको पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरू भएको छ। महोत्सवमा अमेरिका, स्पेन, थाइल्याण्ड, भियतनामलगायत देशका प्रतिनिधि पनि सहभागी छन्। स्वदेशी तथा विदेशी पर्यटकहरू अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा आकर्षित भएका छन् ।जाडो याममा पनि बिना हिउँको माछापुच्छ्रे हिमाल (तस्बिरहरु)जाडो मौसम लागिसकेपछि पनि माछापुच्छ्रे हिमालमा हिँउ देख्न पाएका थिएन् ।पुष ११ ः धोबिखोलामा मिसिँदै गरेको ढल (फोटोफिचर)काठमाडौं उपत्यकामा भएका १३ वटा प्रमुख नदि तथा नालाहरु मध्यको एक हो धोबिखोला । ढल निर्माणको काम समेत सकिएकोयो खोलामा अहिलेसम्म खोला ढलमुक्त हुन सकेको छैन ।पुष १२ ः सुरु भयो मध्यपुर महोत्सव (तस्विरहरु)मध्यपुरथिमि नगरपालिकाको आयोजनामा तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु भएको छ । मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरवासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।तस्वीरमा हेर्नुहोस् कोटेश्वर महोत्सव‘हाम्रो रहर, शान्त र समृद्ध कोटेश्वर शहर।’ भन्ने मुल नाराका साथ शुक्रबारदेखी प्रथम कोटेश्वर महोत्सव, २०८१ सुरू भएको छ । यो महोत्सव शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने छ।जनकपुर बोल्टसका खेलाडीलाई जनकपुरमा भव्य स्वागत (फोटोफिचर)पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन बनेको जनकपुर बोल्ट्सका खेलाडीहरुलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here