आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सूशासन समितिको बाउन्नौँ बैठक सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्य÷प्रमुख सचेतक र सचेतकहरूसँग छलफल हुनेछ ।यसैगरी  दिउँसो १ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here