उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय मेला महोत्सवमा अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् ।
आइतबार अन्नपूर्ण गाउँपालिका भदौरे ४ कास्कीमा आयोजित भदौरे पञ्चासे कोदो महोत्सव तथा ल्होसार मेलाको समापन समारोहमा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले स्थानीय मेला महोत्सवले अर्थतन्त्रमा टेवा पुर्याउने बताएका हुन् ।
उनले मेला महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धन र कला संस्कृतिको संरक्षणमा मेला महोत्सवको भूमिका महत्वपूर्ण रहेको बताए ।
‘हाम्रो गाउँठाउँमा जे छ त्यसलाई हामी सबै मिलेर सुखदुख बाँडेर जीवनलाई खुशी पार्नका लागि हामी लाग्नुपर्छ’ उपप्रधानमन्त्री सिंहले भने,‘ महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि आन्तरिक पर्यटक पनि पढ्छ । सकेसम्म विदेशी पाहुनालाई पनि आकिर्षत गर्न सकियो भने अझ राम्रो हुन्छ ।’ स्थानीय तहमा उत्पादित वस्तुको प्रदर्शन, प्रतिभाहरुको प्रष्फुटन र आफु्ना उत्पादनको सदुपयोग गर्ने बानी बनाउन पनि महोत्सवहरु हरेक पालिकामा मनाउन सके देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए ।
त्यस्तै, उनले सरकार नागरिकको जीवन सहज बनाउनका लागि लागिरहेको पनि जानकारी गारए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधानले दिएको अधिकारहरु तीनै तहका सरकारहरुलाई दिनेगरि आवश्यक संघीय कानून बनाउनुपर्नेमा तिव्र रुपमा काम भइरहेको छ,’ उनले भने,‘ प्राप्त अधिकार संस्थागत गर्दै हरेक नेपालीको जीवन सहज बनाउनुपर्छ भन्ने जुन चाहना छ । त्यसलाई पूरा गर्न सरकार लागिरहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here