सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार मुद्दा दर्ता गर्न लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित गोर्खा मिडियाको तत्कालीन सञ्चालक एवम् पूर्व डीआईजी छविलाल जोशी, लीला पछाईं, रामप्रसाद खनाल र कृष्ण गुरुङविरुद्ध पनि मुद्दा दर्ता गर्ने तयारी छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार सात सय जना बचतकर्ताले बचत राखेको रकम गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप छ । मुद्दा दर्ताको लागि हदम्याद आज सकिँदैछ ।








