खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा खानेपानीको समस्या दिर्घकालिन रुपमा समाधान गर्ने योजना बनाएर अगाडि बढेको बताएका छन् ।मंगलबार निरिक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि ठाउँ–ठाउँमा अवलोकन गरिराखेको बताए ।उनले भने,‘उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि हामीले ठाउँ–ठाउँमा अवलोकन गरिराखेको छौं । अहिले नयाँ टेक्नोलोजिको प्रावधानको विषयमा पनि हामीले अनुगमन गरिराखेको छौं । आउँने दिनमा उपत्यकामा कुनै पनि किसिमको खानेपानीको समस्या नहोस् भनेर दिर्घकालिन रुपमा योजना बनाएर अगाडि बढेका छौं ।’उनले १२ महिना नै पानी उपलब्ध गराउन नयाँ उपाएको योजना सुन्दरीजलमा थपिरहेको भन्दै निर्माण पश्चात काठमाडौंमा २४ घण्टा नै पानी आउँने सपना पूरा हुने बताए ।उनले भने,‘हामीले २४ औं घण्टा १२ महिना नै पानी दिन नयाँ ट्रिट्मेन्ट योजना हामीले सुन्दरीजलमा थपिरहेको छौं । त्यो निर्माण भएसकेपछि काठमाडौंमा २४ घण्टा नै पानी आउने सपना पूरा हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here