नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य दुई सय रुपैयाँले बढेर तोलामा एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुनको भाउ तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।








