फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले शनिबारका लागि  तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।कालिमाटीमा आज पाकेको फर्सी, स्कुससहित केही तरकारीको मूल्य बढेको छ भने बोडी लगायतका कतिपय तरकारीको मूल्य घटेको छ ।कालिमाटीमा हिजोसम्म किलोको ३५ रुपैयाँ रहेको पाकेको फर्सीको मूल्य आज ८५ रुपैयाँ पुगेको छ । त्यसैगरी हिजो प्रतिकिलो १७ रुपैयाँ रहेको स्कुसको मूल्य आज बढेर २७ रुपैयाँ पुगेको छ ।कालीमाटीमा आज रातो आलु ७२, सेतो आलु ६५, लोकल गाँजर १३५, तराईको बन्दा ४५, स्थानीय काउली ७८, सेतो मुला ३५, लाम्चो भन्टा ६५, तने बोडी १०५, लौका ६५, तराईको परबल १०५ रुपैयाँ प्रतिकिलो छ ।हिजो १४५ रुपैयाँमा किनबेच भएको तने बोडीको मूल्य घटेर आज १०५ रुपैयाँमा झरेको छ । कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ । स्कुस किलोको २७ रुपैयाँमा किनबेच भइरहँदा कुरिलोको मूल्य किलोकै ११ रुपैयाँ छ ।त्यसैगरी पाकेको फर्सी ८५, हरियो फर्सी ५५, भिन्डी ११५, स्कुस २७, रायोको साग ३२, कन्य च्याउ २२६, डल्ले च्याउ २७६, कुरिलो ११००, ब्रोकाउली १३५ रुपैयाँ प्रतिकिलो छ । थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here