जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले समाजवादको सङ्कल्पबाट राज्यको पुनर्संरचना गर्नुपर्ने बताएका छन् ।विभागका प्रमुख बस्नेतले काङ्ग्रेस कम्युनिष्टको शासनबाट मुलुकलाई जोगाउँनु नै समाजवादीहरुको मुख्य कार्यभार भएको भन्दै यसका लागि समाजवादी सङ्कल्प जरुरी रहेको बताएका हुन् ।

बस्नेतले काङ्ग्रेस कम्युनिष्टले लामो समयदेखि चलाएको शासनले मुलुक धराशायी अवस्थामा पुगेको बताए ।

काङ्ग्रेस कम्युनिष्ट मुलुकमा दीर्घरोगको रुपमा जकडिएर रहेको भन्दै काङ्ग्रेस कम्युनिष्टको शासन मुलुकका लागि अभिशाप बनेको उनको आरोप छ ।

उनले भने, ‘नीतिहरुको नीति राजनीति नेपालको सन्दर्भमा आज सबैभन्दा तुच्छ र घृणित हुन पुगेको छ । सर्वसाधारणले राज्यको उपस्थितिको अनुभूति गर्न पाउने कुनै क्षेत्र छैन । जनताले मुलुकका बारेमा एकै लाइन बोल्ने गरेका छन् ‘यहाँ बस्ने वातावरण छैन । यो मुलुकको तीतो यथार्थ हो ।’

काङ्ग्रेस कम्युनिष्टहरु यो मुलुकमा महिला, दलित, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्र, आदिवासी जनजाती, मधेसीको नाममा संगठित हुने र सबैभन्दा धेरै यिनै समुदाय र वर्गमाथि विभेद, अन्याय र शोषण गर्ने गरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here