एजेन्सी । चीनको उत्तरपश्चिम शान्क्सी प्रान्तको एक संरक्षण क्षेत्रमा एक विशाल पोथी पाण्डाले रोचक दृश्य प्रश्तुत गरेको छ एउटा रूखमा आफ्नो मार्शल आर्ट कौशल देखाएर उक्त पाण्डाले आगन्तुकहरुलाई मनोरन्जन दिएको थियो ।किन्लिङ पर्वतको बीचमा अवस्थित पाण्डाहरुको घर मानिने फोपिङ नेचर रिजर्भमा रहेको एक रुपमा पाण्डाले कला कौशल प्रदर्शन गरेको हो ।यो भिडियो चिनिया समाचार एजेन्सी सीसीटीभी प्लसले राखेको छ । डाङ शेङ नाम दिइएको उक्त पाण्डा तीन वर्ष उमेरको हो । उक्त पाण्डाले रूख आरोहण गतिविधि वा सीपहरु देखाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here