कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७०, आलु सेतोको ५७, लोकल बन्दाको मुल्य ६०,काउली स्थानीयको १०० रुपैयाँ कायम भएको  छ ।यसैगरी भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ३० रुपैयाँ कायम भएको छ ।रायो सागको मूल्य ४० रुपैयाँ  छ । तोरिको साग ५० ,पालूगो साग ६० र चमसुरको साग १००, स्कूसको मूल्य १५ रुपैयाँ रहेको छ ।त्यस्तै,लोकल गाजर १५० रुपैयाँ, तने बोडी ११० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ५०, घिरौला ६० रुपैयाँ र लोकल परवर ९० रुपैयाँ रहेको छ ।त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० ,केरा १५०,स्याउ फूजी २८० रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here