ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ती (बीईईएन) परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।शुक्रबार बसेको नेपालमा बिल्डिङ इनर्जी इफिसिएन्सी (बीईईएन) परियोजनाको विस्तृत बैठकलाई सम्बोधन गर्दै उनले महानगरपालिकाको निम्ती बीईईएनको बैठकले कार्यदिशा निर्धारण हुने गरी टेक्निकल पेपरको तयारी गनुपर्ने बताएका हुन् ।उनले भने, ‘ललितपुर महानगरपालिकाको निम्ती  बीईईएन परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने छ । आजको यो वर्कशपबाट निश्चित तवरले ललितपुर महानगरपालिकाको निम्ती र यो क्षेत्रको लागि प्रस्ट हुने गरि एउटा कार्यदिशा निर्धारण हुने गरी एउटा टेक्नीकल पेपरको तयारी होस् । हामीले त्यो पेपरलाई विधिपूर्वक कार्यान्वयन गर्ने छौं ।’साथै, उनले कुनै पनि काम गर्दा बटम लाईन निश्कर्ष निकाल्नुपर्ने बताए । उनले   महानगरपालिका भित्र रहेका सम्पदाहरुलाई विकासको नाममा विनास गर्न नहुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here