प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतिय कारोबार सम्बन्धि विधेयक चाँडै पारित गर्ने बताएका छन् ।मंगलबार नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले कार्तिक २५ गतेदेखि विधेयकमाथि दफाबार छलफल सुरु गर्ने र चाँडै विधेयक समितिबाट पारित गर्ने जानकारी दिएका हुन् । उनले भने, ‘विद्युतिय कारोबार विधेयक समितिमा छ । यसमा २५ गतेदेखि दफाबार सायद छलफल सुरु हुन्छ । र पाँच सात वटा बैठकपछि यो विधेयक समितिबाट पारित गर्ने समितिको सोच छ र सदनबाट पारित गरेर राष्ट्रपति समक्ष लगेर प्रमाणिकरण हुन्छ ।’उनले अहिलेको आइटीको युगमा सबैले आफ्नो ढंगले विद्युतिय कारोबार गर्न पाउनुपर्ने भन्दै विधेयक छिटो छरितो ल्याउन तत्पर रहेको बताए ।उनले भने, ‘अबको युग भनेको आइटीको युग हो । सबैले आफ्नो ढंगले व्यापार गर्न सक्नुहुन्छ । ऐन कानुन पक्कै आउछ । कारोबार त भइरहेको छ तर ऐन कानुनको प्रभावमा धेरै ठगिने समस्या बढेको छ । त्यसैले हामी यो विधेयक छिटो छरितो ल्याउन तत्पर छौं ।’सभापति खानले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको राजनीति तरल अवस्थामा रहनका साथै विभिन्न वारहरु भइरहेको बताए । जसको प्रतिकुल प्रभाव नेपालमा पनि विभिन्न रुपमा आएको कारण सर्तक अपनाउन आवश्यक रहेको पनि उनको भनाई छ ।उनले भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको राजनीति अलिकत तरल अवस्थामा छ । विभिन्न प्रकारका वारहरु छन् । यस सम्बन्धमा आर्थिक मन्दी हुने विभिन्न प्रकारका समस्याहरु आउन सक्ने र अहिले जुन प्रकारका वारहरु भइरहेका छन् । यसका तरङ्गहरु यसबाट हुने प्रतिकुल प्रभाव हाम्रो देशमा पनि विभिन्न रुपमा आएका छन् । हामी सर्तक हुनुपर्छ ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here