छठ पर्वका अवसरमा नदी किनारा तथा तालहरू श्रृंगार गर्ने काम सुरु भएको छ ।काठमाडौंमा पनि छठको तयारी सुरु भएको छ । काठमाडौंको थापाथली र कमलपोखरीमा छठका लागि तयारी धुमधामका साथ भइरहेको छ ।कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठघाट निर्माण भइरहेको छ ।अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ ।छठ व्रत बसेर छठघाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् ।पनि छठको एउटा विधिका रूपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here