स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन् ।गलबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्र्दै बसौलाले नीतिगत, प्रशासनिक, बीमा दावी, सूचना प्रविधि र सेवा प्रदाय स्वास्थ्य संस्थाहरुको व्यवस्थापनसम्मका उत्कृष्ट कामहरु गरेको दाबी गरेका छन् ।२०७७ सालमा कार्यकारी निर्देशक बनेका बसौलाको कार्यकाल यही महिनाको २५ गतेदेखि समाप्त हुने भएको छ । उनले नागरिकहरुलाई सरल र सहज रुपले स्वास्थ्य सेवा दिन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।कार्यकारी निर्देशक बसौलाले आफ्नो कार्यकालमा स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली २०७५ बाहेक अन्य कुनै कानुनी दस्तावेज नभएको कारण कार्य गर्न कठिनाई भएको भएर स्वास्थ्य बीमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाएका छन् ।साथै, सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने, बोर्डका निर्णयहरु वेबसाइटमा राख्ने र बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।नागरिकलाई सहज होस् भन्ने उदेश्यले डिजिटल कार्डहरु मार्फत पनि बीमितहरुलाई सेवा प्रदान गर्ने व्यवस्था गरिएको बसौलाँले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here