इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर म्याट क्रिचलीले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले आफ्नो चौथो विदेशी खेलाडीका रुपमा क्रिचलीलाई टिममा अनुबन्ध गरेको हो । यसअघि पोखरालेवेष्ट इन्डिजका एन्डरसन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय अलराउन्डर क्रिचली डर्बिशायर काउन्टी क्रिकेट क्लबाट एसेक्स काउन्टी क्रिकेट क्लबका लागि खेल्छन् ।सन् २०१५ ३ मे को कन्टी क्रिकेट च्याम्पियनसिपमा ग्लेमरगनविरुद्ध आफ्नो पहिलो फस्ट क्लास डेब्यु गरेका क्रिचली दोश्रो खेलमै डर्बीशायरका लागि शतक बनाउने सबैभन्दा कान्छो उमेरको खेलाडी बनेका थिए ।क्रिचलीले सन् २०१६ को २१ मेमा डर्बिशायरका लागि लंकाशायर लाइटनिंगविरुद्ध खेल्दै पहिलो टि ट्वान्टी खेलमा डेब्यु गरेका थिए । त्रिचलीको स्पिनर क्षमतालाई अष्ट्रेलियाका लिजेन्ट क्रिकेटर स्टुअर्ट म्याकगिलले इंग्ल्यान्डको लागि उपयुक्त खेलाडी भन्दै तारिफ समेत गरेका थिए। त्यसपछि सन् २०१८ मा उनलाई इंग्ल्यान्ड लायन्समा

खेल्न बोलाइएको थियो ।

डर्बिशायरबाट यस्तो सम्मान पाउने उनी पहिलो खेलाडीका रुपमा चिनिए । र, त्यही वर्ष उनले टि ट्वान्टीको अन्त्यमा चेस्टरफिल्डमा यर्कशायरविरुद्धको प्रतिष्पर्धात्मक खेलमा अन्तिम ओभरमा १९ रन प्रहार गरेर टमका लागि विजय सुनिश्चित गरेका थिए । इंग्लयान्डका यि प्रतिभाशाली अलराउन्डरलाई चौथो विदेशी खेलाडीका रुपमा टिममा भित्र्याउन पाउँदा पोखरा एभेन्जर्सका मालिक मनोबल श्रेष्ठ खुशी सुनिए ।क्रिचलीले डर्बिशायरका लागि रचेको इतिहास आज पनि कसैले बिर्सिएको छैन । हामीलाई आशा छ, पोखरा एभेन्जर्समा उनको प्रवेशसँगै एनपिएलमा पनि अर्को नयाँइतिहास कोरिनेछ,’ श्रेष्ठ विश्वस्त सुनिए । एनपिएलकै सबै भन्दा मंहगो टिम पोखराले सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई पनि अक्सनबाट आफ्नो टिममा छनोट गरेको छ ।यो टिममा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स मेन्टर र सल्लाहकारका रुपमा अनुबन्ध भइसकेका छन् । त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ ।एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here