आइसिसी विश्वकप लिग टूमा मंगलबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रेरी रंगशामा हुने खेल आज साँझ सवा ९ बजेदेखि सुरु हुनेछ ।नेपालले आज खेल्न लागेको लिग–२ को दसौं खेल हो । अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ ।नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। त्यसयता लिग–२ को खेलमा नेपाल जितबिहीन छ ।लिग–२ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौं स्थानमा छ । अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदा पनि आइतबार पराजित हुन पुगेको थियो ।स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ । यसअघि अघिल्लो वर्ष लिग–२ कै त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो ।अमेरिकामै लिग–२ खेल्नुअघि नेपालले घरेलु टोलीसँग टी–२० सिरिज खेलेको थियो। त्यतिबेला नेपालले सिरिज क्लिन स्विप गरेको थियो। लिग–२को खेलमा भने नेपाल २ विकेटले पराजित हुन पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here