इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले न्यु क्यासल युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक लिन सफल भएको  हो । चेल्सीको जीतमा कोल पाल्मरको प्रदर्शन शानदार रह्यो ।पहिलो हाफमा चेल्सीले बलियो पकड जमाए पनि पाल्मरले गरेको एक गोल भिएआरको कारणले अस्वीकृत भयो । खेलको १८ औँ मिनेटमा पाल्मरले उत्कृष्ट पास दिएर पेद्रो नेटाले बल अघि बढाएका थिए भने उनले अनमार्क्ड अवस्थामा रहेका निकोलस ज्याक्सन पास दिएपछि गोल भएको थियो ।तर, ३२ औं मिनेटमा न्युकासल खेलमा फर्कन सफल भयो । एलेक्जेन्डर इसाकले बराबरी गोल गरेका थिए ।दोस्रो हाफको सुरूवातमा इसाकले एक गल्ती गर्दै पाल्मरलाई बल प्रदान गरे । जसबाट उनले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए ।त्यसपछि पनि इसाकले गोलको अवसर पाए तापनि उनले अवसर गुमाए, जसका कारण न्युकासलले बराबरी गोल गर्ने मौका गुमायो । अन्ततः चेल्सी २–१ को नतिजामा सन्तुष्ट भयो । चेल्सी ९ खेलबाट १७ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । न्यु क्यासल भने समान खेलबाट १२ अंकका साथ तालिकाको १२ औं स्थानमा छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी २३ अंकका साथ शीर्ष स्थानमा छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here