नर्सरी र पुष्प व्यवसायीहरुले अहिले व्यहोरिरहेको मुख्य समस्या भनेको सहरमा जग्गा पाउन नसक्नु हो । नर्सरी व्यवसाय सहर केन्द्रित हुनुपर्ने भएकाले जग्गाको अभाव व्यहोरिरहेका छौं ।
रामजी प्रसाद तिमिल्सिना
अध्यक्ष
नर्सरी व्यवसायी संघ नेपाल
तिहारमा माला लगाउँदा धेरै कुरामा विचार पुर्याउनुपर्छ
फुलको प्रयोग गाउँको तुलनामा सहरमा धेरै हुन्छ

रामजी प्रसाद तिमिल्सिना
अध्यक्ष
नर्सरी व्यवसायी संघ नेपाल
नर्सरी व्यवसायी संघका चारवटा विधा छन् । पुष्प, फलफुल, जडीबुटी र कृषिबनमा नर्सरी व्यवसायीहरु आवद्ध हुनुहुन्छ । तिहार चाँही फुलैफुलको पर्व भएको हुनाले यसलाई पुष्पलक्षित बनाउने गरेर नर्सरी व्यवसायी संघ नेपालले ‘तिहार फ्लोरा एक्स्पो’ गर्दैछ । यो काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । एक्सपोमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने हाम्रो मुख्य उद्देश्य हो । तिहारमा मखमली, सयपत्री, गोदावरीलगायत फुलहरु प्रयोग हुने हुनाले एक्सपोमा समेत किसानले उत्पादन गरेका फुलहरु प्रदर्शनमा राखेर तिमध्ये उत्कृष्ट भएका तीन जनालाई सम्मान र कदर पत्र प्रदान गर्दै आएका छौं । यस बर्ष यसलाई निरन्तरता दिन्छौं ।
सरकारले नर्सरी क्षेत्रका चारवटै विधाका वस्तुहरुको उत्पादनमा त्यति ध्यान दिएको छैन् । प्रदेश सरकारले केही हदसम्म प्रवद्र्धन गरेको छ । प्रदेशको वन मन्त्रालयले व्यवसायीहरुलाई तालिमका कार्यक्रम संचालन गर्ने गरेको छ । जसमा नर्सरी एसोसिएसनले कार्यक्रमहरुको आयोजना गर्ने र व्यवसायीहरुलाई तालिम दिने पनि भनिएको थियो । तर, हामी त्यसको कार्यान्वयनको प्रक्रियामा पुगिसकेका छैनौं । संघीय सरकार अन्तर्गतका मन्त्रालय र अन्य संघसंस्थाबाट कुनैपनि प्रकारको सहयोग पाएका छैनौं । नर्सरी व्यवसायको प्रवद्र्धन र वजारीकरणमा हामी आफैं क्रियाशील छौं ।
कृषि मन्त्रालयले समेत यस विषयमा खासै चासो देखाएको छैन । म केही दिन पहिले प्रदेश कृषि मन्त्रालयमा गएको थिएँ । केही कार्यक्रम दिन्छौं भन्नुभएको छ । तिहारपछि सूचना निस्किन्छ र त्यसमा सहभागी गराउँछौं भनेर मौखिक कुराकानी भएको छ । अन्य त्यस्तो कुनै पनि सहयोग पाइएको छैन ।
नर्सरी पुष्प व्यवसायीहरुले अहिले ब्यहोरिरहेको मुख्य समस्या भनेको सहरमा जग्गा पाउन नसक्नु हो । नर्सरी व्यवसाय सहर केन्द्रित हुनुपर्ने भएकाले जग्गाको अभाव व्यहोरिरहेका छौं । गत वर्षपनि सरकारी स्वामित्वमा रहेको जग्गाहरु लामो समयसम्मका लागि नर्सरी व्यवसायीहरुलाई भाडामा उपलब्ध गराउन भनेका थियौं । तत्कालिन सरकारका कृषि मन्त्रीले पनि पहल गर्छु भन्नुभएको थियो । तर जताततैबाट आश्वासन मात्र आउने तर आवश्यक सहयोग नहुने देखिएको कारणले हामी समस्यामा परेका छौं ।
नर्सरी व्यवसायीहरुका लागि स्थानीय तहमा समेत खासै कार्यक्रमहरु पुगेको पाइदैन । नर्सरी व्यवसायीहरु कार्यक्रमका लागि आवश्यक कागजपत्र मिलाउन नसक्ने र यसको फाइदा अरु कसैले उठाइरहेको पाइन्छ । नर्सरी व्यवसायीका लागि भनेर माथिबाट बजेट गएपनि स्थानीय तहले कार्यक्रम भने सञ्चालन गर्दैन् ।
हामीले सदाबहार प्रयोग हुने जडीबुटीका बेर्नाहरु सकेसम्म नेपालकै प्रयोग गर्न भनेका छौं र गरिरहेका छौं । त्यस्तै हाइब्रिड जातका र सिजनल बिउहरु भने विदेशबाटै आयात हुन्छ । हलल्याण्ड, जापान लगायतका देशबाट बिउ बेर्नाहरु मगाउने गरेका छौं ।
पुष्प व्यवसायमा आत्मनिर्भर हुनका लागि सबैभन्दा पहिले त बिउ उत्पादक कम्पनीहरु नेपालमा हुन आवश्यक छ । बिउ नै नभएपछि त बाहिरबाट ल्याउन परिहाल्यो । नेपालमा बिउ उत्पादक कम्पनी नभएकै कारणले सिजनल बिरुवाको बिउ समेत छिमेकी भारतलगायतका देशरुबाट ल्याउनुपर्ने वाध्यता छ ।
तिहार आउन लागेको छ । यस्तो महान पर्वमा प्लास्टिकको फुल सकेसम्म प्रयोग नगर्न हामी सबैमा आग्रह गर्न चाहन्छौं । तैपनि कतिपय मानिसले प्लास्टिकका फुलहरु प्रयोग गरिहेका हुन्छन् । प्लास्टिकको फुल प्रयोग गर्न निरुत्साहित गर्नुपर्छ । स्वदेशी उत्पादन वा स्वदेशमा पाइने फूलहरुलाई चाँही सरकारी तवरबाट सहयोग हुन जरुरी छ । नर्सरीवालाहरुलाई प्राविधिक लगायतका सहयोगहरु भयो भने हामी आत्मनिर्भरतर्फ उन्मुख हुन्छौं ।
जग्गा उपलब्ध गराउने विषयमा समेत हामीले पटक पटक सरकारको ध्यानाकर्षण नगराएको होइन तर उहाँहरुले गरेका प्रतिवद्धताहरु कार्यान्वयन नहुँदै सरकार परिवर्तन भइदिन्छ । अहिले पछिल्लो समय धेरै सरकारी जग्गाहरु देखिरहेका छन् । ति जग्गाहरुमा चाँही भाडामा उपलब्ध गराउने हो भने लामो समयसम्म लगानी गर्न पाए उत्पादन राम्रो र आत्मनिर्भर बन्न सहज हुनेथियो ।
नर्सरी व्यवसायी संघ नेपालमा दुई सयको संख्यामा किसानहरु आवद्ध रहनुभएको छ । नर्सरी व्यवसायीहरुको लागि संघले संस्थागत रुपमा पनि राम्रो पहल गरिरहेको छ । गत वर्षका असोजमा स्थापना गरिएको संस्थाले गत वर्ष नै तिहार फ्लोरा एक्स्पो आयोजना गरेका हौं । त्यस्तै नर्सरी बाटिका निर्माण र त्रिखोला बाटिका निर्माणका लागि वृक्षारोपणसहितका कार्यक्रमहरु गरिसकेका छौं । पुष्प, फलफुल, जडीबुटी र कृषिबनका क्षेत्रमा काम गर्ने संघ एक्लो संस्था भएका कारण काम गर्नका लागि कुनैपनि समस्या छैन ।
म फेरिपनि के सुझाव दिन चाहन्छु भने तिहारमा प्लास्टिकको फुलहरु प्रयोग नगर्नुहोला । जुन माला प्रयोग गर्दै हुनुहुन्छ त्यो माला कहाँ, कसरी उत्पादन भयो भन्ने विषयमा ख्याल गर्नुपर्ने हुन्छ । धेरैभन्दा धेरै नेपाली माला प्रयोग गर्न आग्रह गर्दछु ।
हाम्रो तिहार फ्लोर एक्स्पो यही कात्तिक ९ गतेदेखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । मेलामा हामी २० हजार अवलोकनकर्ता ६० लाखको फलफुलको व्यवसायको अपेक्षा गरेका छौं । त्यहाँ हाम्रो चारवटै विधाका समग्रीहरु त्यहाँ उपलब्ध हुनेछन् । उत्कृष्ट फलफुल, उत्कृष्ट, मखमली, उत्कृष्ट सयपत्री समेत राख्नेछौं । फुलको प्रयोग गाउँको तुलनामा सहरमा धेरै हुन्छ । तर विस्तारै गाउँमा पनि फुलको प्रयोग बढ्दै गइरहेको छ । विदेशी फुल र मालामा लामो समय टिकाइ राख्नका लागि विषाधीको समेत प्रयोग भएको हुनाले सजग रहन आग्रह गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here