उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि गणतन्त्र जाम्बियाका गैर आवासीय राजदुत पर्सि प्याट्सन चन्दाले शिस्टाचार भेट गरेका छन् ।
भेटका क्रममा मन्त्री भण्डारीले जाम्बिया र नेपालको सम्बन्ध सेप्टेम्बर १०, १९८६ मा स्थापित भएदेखि नै दुई देशबीच शान्तीपूर्ण रहँदै आएको बताएका हुन् ।
दुवै देशहरु अतिकम विकसित र भूपरिवेष्ठित् भएको कारणले दुवै देशका चुनौति र विकासका लक्ष्यहरु समान रहेको बताए ।
उनले भने, ‘विशेषगरि व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदारप्रदान गर्ने प्रशस्त सम्भावनाहरु छन् । नेपालले खानी अन्वेशणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रको थप विकास भएकोले नेपालले खानी उद्योगमा जाम्बियासित सहयोग आदारप्रदान गर्ने सम्भावना रहेको छ,’मन्त्री भण्डारीले भने, ‘जाम्बियाको अवस्थितिको कारणले अफ्रिकी महादेशमा सम्बन्ध बिस्तारका लागि महत्वपुर्ण विन्दु हुनसक्ने हामीले पाएका छौँ । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाहरुबाट जाम्बियाले समेत सामाजिक, सांस्कृतिक एंव भौगोलिक लाभ प्राप्त गर्न सक्ने देखिन्छ । त्यसैले यसमा मिलेर कामगर्न हामी उत्सुक छौँ । यहाँको नेपाल बसाई सम्झनायोग्य रहोस् ।’
भेटका क्रममा जाम्बियाका गैरआवासीय राजदूत चन्दाले खानी तथा खनिज पदार्थमा दुई देश बिचको प्रविधि आदानप्रदान गर्ने बताए । उनले खानी सम्बन्धी नेपालको प्राविधिक टोली जाम्बिया पठाइदिन मन्त्री भण्डारीसंग आग्रह गरे । यसका साथै जाम्बियाको खानी प्राविधिक टोली नेपाल आउने प्रतिवद्धता समेत व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here