युइएएफए नेसन्स लिग फुटबलमा इटालीले लगातार दोस्रो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा इजरायललाई २–१ गोल अन्तर पराजित गर्दै इटालीले दोस्रो जित निकालेको हो ।

इटालीको जीतमा डेभिड फ्राटेसी र मोइस केनले एक एक गोल गर्दा इजरायलको तर्फबाट मोहमद अबु फानीले  एक गोल फर्काएका थिए ।

पाहुना टोली इटालीले ३८ औं मिनेटमा फेडरिको डिमार्कोको पासमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

६२ औं मिनेटमा मोइस केनले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । ९० औं मिनेटमा इजरायलका लागि राज सोल्मोको पासमा मोहमद अबु फानीले एक गोल फर्काए पनि अन्ततः इटाली २–१ को नतिजा निकालन सफल भयो ।

पहिलो खेलमा फ्रान्सलाई पराजित गरेको इटालीको समूह २ मा लगातार दोस्रो जीतका साथ ६ अंक भएको छ । इटाली अहिले तालिकाको शीर्ष स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here