काठमाडौं ।

वरिष्ठ कलाकार मदन दास श्रेष्ठले नेपाल सरकार र जेष्ठ नागरिक संघसंस्थाहरुले जेष्ठ नागरिकहरुका पीडा सुन्ने मात्र नभई समाधान गर्नुपर्ने बताएका छन् ।सोमबार बुबाको मुख हेर्ने दिनको अवसरमा ‘जेष्ठ नागरिक र सकारात्मक सोच’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार श्रेष्ठले जेष्ठ नागरिकको कार्यक्रममा जेष्ठ नागरिका पिडा सुनेर र सुनाएर घर फर्काउन नहुने बताए ।उनले भने, ‘कहिँलेकाहीँ नेपाल सरकारले र विभिन्न जेष्ठ नागरिक संघसंस्थाले सारा जेष्ठ नागरीकहरुलाई बोलायो अझै सरकारी निकायहरुले जेष्ठ नागरिकलाई बोलायो, जेष्ठ नागरीक राष्ट्रिय दिवस भन्छन्, अन्र्तराष्ट्रिय भन्छन्, त्यसमा जेष्ठ नागरीकलाई बोलायो अनि खानाको एक एक प्याकेट हातमा थमाई दियो, जेष्ठ नागरिकका दुःख,पीडाहरुको पोकाहरु त्यहीँ जेष्ठ नागरिकलाई सुनाउने, जेष्ठ नागरिकले हाम्रो दुख हामीलाई सुनाएर के हुन्छ भनेर मिठाई बोक्छन् र जान्छन् । जेष्ठ नागरीकहरुलाई लालन पालन गर्नको लागी छोराबुहारी, नाती,नातिनीलाई बोलाएर जेष्ठ नागरीक भनेको हाम्रो दाता हो र जेष्ठ नागरिकलाई सहज रुपमा बाँच्ने वातावरण हामीले बनाइदिनुपर्छ भनेर पहल कदमी गर्न सक्नुपर्छ ।’उत्कृष्ट लालन पालन गर्ने छोरा या बुहारीलाई पुरस्कारको व्यवस्था गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here