सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ ।
सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीका कारण विद्यतु अवरुद्ध हुँदा बन्द भएका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भएको टेलिकमले जनाएको हो ।
‘सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका(५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बिटीएस टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त बिटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको छ ’टेलिकमद्धारा जारी सूचनामा उल्लेख छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here