काठमाडौं ।  सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई  प्रकाउ गरेको  छ । प्रकाउ  पर्नेमा  ५२ वर्षकी लिना नकर्मीलाई प्रहरीले पुल्चोकबाट पक्राउ गरेको  हो ।

साउन २५ गते १ः३० बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. २२ न्युरोड स्थितमा रहेको नारायण ज्वेलर्सबाट सुनका गहना खरिद गर्ने भनी सुनको २ तोला २० लालको सिक्री लिई फरार रहेको घटनाको अनुसन्धानको क्रममा खुल्न आएको हो ।

उक्त कार्यमा संलग्न नकर्मीसँगै थप अनुसन्धानको क्रममा निजले चोरी गरेका सुनका गरगहना न्युरोड स्थित रहेको जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको भनी खुल्न आएकोले जगन्नाथ ज्वेलर्सका सञ्चालकलाई समेत पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाइएको छ ।

साथै अनुसन्धानको क्रममा लिना नकर्मीले यस भन्दा पूर्व चोरीका सुनका गरगहना जगन्नाथ ज्वेलर्सलाई अन्दाजी १७ ग्रामको सुनको सिक्री थान एक बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको  छ । नकर्मीविरूद्द थप अनुसन्धान भैइरहेको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here