काठमाडौं । भारतका सु–प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुगेका छन् ।नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागि हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।वाचक अनिरुद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्ने छन् ।महाराज स–परिवारसहित नेपाल आएको र  कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजले बताए ।भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचक अन्तर्गत पर्दछन् ।उनको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजनहरुको सहभागिता हुने गरेको छ । सामाजिक कार्य तथा गाईको रक्षा र हिन्दु धर्मको रक्षाको लागि सँधै खुलेर बोल्ने महाराजका वाणिले भारत तथा अन्य देशका लाखांै व्यक्तिको जीवनमा पनि अमूल्य परिवर्तन गरेको पनि पाइएको छ ।डेढ घण्टाको प्रवचन दिएर अनिरुद्धाचार्य महाराज भारत प्रस्थान गर्ने कार्यसूची छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here