चैत्र १३ गते, रौतहट ।

जिल्लाको गरुडा नगरपालिका वडा नं.४ गरुडा श्रीराम सुगर मिल्सको गेट अगाडि रहेको कुश्वाहा इन्टरप्राइजेजमा आगलागी हुँदा ८ करोड भन्दा बढिको क्षतिभएको छ ।विद्युतसर्ट भएर भएको आगलागीबाट १२ थान मोटरसाइकल, मोटरसाइकलका विभिन्न स्पेयरपार्टसहरु, मोविल, टाएर लगाएतका सामान जलेर नष्ट हुँदा ६ करोड रुपैयाँ भन्दा बढिको क्षति भएको कुश्वाहा इन्टरप्राइजेजका सञ्चालक रणधिर कुश्वाहाले बताएका छन् ।गरुडा नगरपालिका वडा नं.४ गरुडा निवासी सञ्चालक कुश्वाहा विगत ७ वर्षदेखी गरुडा स्थित रहेको आफना दाजु दीलिप कुश्वाहाको घरमा पसल सञ्चालन गरी मोटरसाइकल मर्मत सम्भारका काम गर्नुका साथै मोटरसाइकलका पार्टपुर्जाहरु होलसेल विक्रि गर्दै आएका थिए ।चारतला भएको घरको पहिलो तलामा कुश्वाहा पसल सञ्चालन गर्दै आएका थिए भने दोश्रो र तेश्रो तलामा विक्रि गर्नका लागि मोटरसाइकलका पार्टपुर्जाहरु भण्डारण गरेर राखेका थिए ।तर विद्युत सर्ट हुँदा पसल सहित चारैतलाको सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा यति ठुलो संख्यामा क्षति हुन गएको छ । आगलागीबाट सो घरमा समेत क्षति पुगेको छ । आगलागीबाट सो चारतले घरमा ठुलो क्षति पुगेको बताइएको छ ।

पसल, घर तथा सो घर भित्र राखिएको सबै सामान जलेर नष्ट हुँदा सञ्चालक कुश्वाहा र घरधनी दीलिप कुश्वाहा दुबै दाजुभाइ ठुलो चिन्तामा परेका छन् ।होली खेल्न सो घरका सबै सदस्यहरुले आफना अर्कोघर फत्तेपुर गएको बेला सोमवार राति १२ बजेको समयमा विद्युत सर्ट भएर अचानक पसल र घरमा आगलागी भएको सञ्चालक कुश्वाहाले बताए ।आगलागीबाट मर्मत गर्न राखिएको ११ थान मोटरसाइकल र एक थान नयाँ मोटरसाइकल जलेर पुर्णरुपमा नष्ट भएको छ ।त्यस्तै मोटरसाइकलका स्पेयरपार्टसहरु, ठुलो संख्यामा मोविल, टाएर, टिउर, ५ थान सीसीटिभी क्यामरा, २ थान एलइडी टिभी, २ थान एसी, २ थान कम्प्यूटर, १ थान ल्यापटप लगाएतका सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको सञ्चालक कुश्वाहाले बताए ।आगलागीबाट ठुलो संख्यामा मोविल र मोटरसाइकलका स्पेयरपार्टसहरु जलेर खरानी हुँदा आफु ठुलो समस्यामा परेको उनी बताउँछन ।चारैतलामा एकै पटक आगलागी हुँदा समयमै आगो निभाउन नसकिएका कारण यति ठुलो मात्रामा क्षति भएको बताइएको छ ।आगलागी भएको खबर थाहा पाउने वित्तिकै इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी टोलीले आगो निभाउन पुगेका थिए ।आगो निभाउन रौतहटका दुई र बाराको एक गरी तिनवटा बारुणयन्त्र परिचालन गरिएको थियो । प्रहरी र रौतहटको गौर, चन्द्रपुर तथा बाराको निजगढ नगरपालिकाको गरी तिनवटा बारुणयन्त्रले आगोलाई नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here