मान्म (कालीकोट), २६ माघ |

कालीकोटमा कर्णाली प्रदेशस्तरीय खुला पुरुष ब्याटमिन्टन प्रतियोगिता सुरु भएको भएको छ । खाडाँचक्र नगरपालिका–१ मा रहेको खेलकुद विकास समितिको कबर्डहलमा प्रतियोगिताको सुरु भएको हो । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलको उद्घाटन गर्दै खेलकुद राष्ट्रको गौरवको विषय र खेलाडी गहना भएको कर्णाली बताउनुभयो । उहाँले प्रदेशस्तरीय खेलकुद कालीकोटमा हुनु गौरवको विषय भएको बताउनुभयो । “खेलकुद राष्ट्रको पहिचान हो । खेलाडी देशका गहना हुन्दे,शको राम्रो छवी बनाउन खेलको भूमिका महत्वपूर्ण हुन्छ । खेलाडीले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गरेका हुन्छन् ।” उद्घाटन कार्यक्रममा खेलकुद विकास समितिका सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुन लागेको भन्दै उक्त प्रतियोगितामा विभिन्न खेल खेलाउन तयारी भइरहेको बताउनुभयो । “खेलकुद प्रतियोगिता नजिकिएपछि हतारमा तयारी गर्ने हाम्रो बानी नै बनेको छ । अहिलेदेखि दशौँ खेलकुदको व्यापक तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि यो अभ्यास खेल पनि हुनसक्छ ।” आजदेखि सुरु भएको प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुने कालीकोट ब्याटमिन्टन सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा रु ५१ हजार एक सय ११ को प्रथम पुरुस्कार, दोस्रो पुरुस्कार रु ३१ हजार एक सय ११ र रु १५ हजार एक सय ११ तेस्रो पुरुस्कार रहेको छ । जिल्लामा रहेका नौवटा स्थानीय तहको आर्थिक सहयोगमा ब्याटमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here