रौतहट,१४,पुस ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा लापरवाही गर्नेहरु निलम्बित भएका छन् । सरकारले भौतिक र मानवीय क्षति हुने गरी भएको घटनामा लापरवाही गर्नेलाई कारबाहीमा ल्याउन सुरक्षा अधिकारीसहित तीन जनालाई निलम्बन गरेको हो ।प्रदर्शनका क्रममा अन्यको विकल्प नगरी गोली चलाउने आदेश दिने प्रहरी अधिकारीसहित तीन जनालाई निलम्बन गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले निलम्बन गरिएको जानकारी गराए । ‘यो घटनाको छानबिन पूरा नभएसम्म उहाँहरु निलम्बित हुनुभएको छ ।प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताए ।ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here