चितवन, १५ मङ्सिर |

आजदेखि बागमती प्रदेश महिला (प्रधानमन्त्री कप) क्रिकेट छनोट प्रतियोगिता एवं प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता यहाँस्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा सुरु भएको हो । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नुभयो । त्यस अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सबैले अपनत्व लिनुपर्नेमामा प्रमुख दाहालले जोड दिनुभयो । विवाद निकालेर रङ्गशाला निर्माणमा अबरोध गर्ने क्रम जारी रहेको भन्दै यसलाई अन्त्य गरी सबै मिलेर अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो । कहिले बन्दैन कि भन्ने कहिले जग्गाको विवाद निकाल्ने जस्ता कामले निर्माणमा समस्या हुन्छ, सबै मिलेर निर्माणमा जुट्नुपर्छ ।” रङ्गशाला राष्ट्रको गौरव भएको भन्दै बताउँदै सरकारले रङ्गशाला निर्माणका लागि बजेट समेत बिनियोजन गरेको जानकारी दिनुभयो । सो प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर र चितवन गरी चार वटा टोली सहभागि भएको प्रतियोगिताका संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु सहभागी गराई प्रदेश स्तरीय टोली बनाइनेछ । छनोट हुने खेलाडीले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here