काठमाडौं,१४,मंसिर  ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउने एकैपटकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।सरकारले अस्थायी आवास बनाउनका लागि ५० हजार रुपैयाँ दु्ई किस्ता गरेर दिने निर्णय गरेको छ ।भूकम्प प्रभावितलाई विना झन्झट एकमुष्ट दिनुपर्ने थापाले बताए । अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउनुपर्ने पार्टीमा बुधबार छलफल भएको उनले जानकारी दिए ।पार्टीको निर्णय अनुसार सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार भेटको जानकारी दिए ।रकम दुरुपयोग हुने भय सरकारलाई भएको भए त्यसको हिसाबकिताब, पछाडि स्थायी आवास निर्माण र पुनर्निर्माणको क्रममा गर्न सकिने विकल्प उनले सुझाइका छन् ।‘तर अहिलेको भुक्तानी प्रक्रिया अनावश्यक रूपमा झन्झटिलो भयो भने उपयुक्त समय भित्र अस्थायी घर नबन्ने सम्भावना रहन्छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्,’त्यस कारण भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिइने रकम दुई किस्ता नभई एकमुष्ट दिँदा उचित हुने हाम्रो धारणा हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here