राैतहट,८ मङ्सिर |

दुर्गा भगवती ३ मा मामाघरमा बस्दै आएको अरबीन्द सहनीको शव फेला । राैतहट । राैतहटकाे गंगापिपरा सडक खण्डमा पर्ने झाझ खोलामा निर्माणाधिन पुलको पिलरको रिंगमा एक जना पुरुषकाे शव फेला परेको छ । माधव नारायण नगरपालिकाको लौकाहा घर भई दुर्गा भगवती ३ मा मामाघरमा बस्दै आएको अरबीन्द सहनीको शव फेला परेको हो । तपलाल सहनीको नाति सुखिया देवीको २१ बर्षिय छोरा अरबीन्द सहनिको शव रहेको प्रहरीले पुष्टि गरेका छन् । पिलरको रिंगबाट शव बाहिर निकालेर उसको पर्समा रहेका कागजातबाट मृतकको पहिचान खुलेको बताइएको छ । युवक अरबीन्दको कुन कारण हत्या भएको त्यस वारे प्रहरीले गहन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here