काठमाडौँ ७ मङ्सिर |
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको बागबजारबाट अवैध हुण्डी संचालन गरेको तथा अनलाइन जुवा खेलाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।सीआईबीका अनुसार बुधबार १ बजे रुपेश श्रेष्ठको घरमा खाजतलास गर्दा उनको साथमा भेटिएको मोबाइलको जाँच गर्दा उनले अवैध हुण्डी संचालन गरेको तथा अनलाइन जुवा खेलाएको देखिएपछि पक्राउ गरिएको हो ।प्रहरीका अनुसार उनले अनलाइन मोबाइल एप्सहरूको प्रयोग गरी हुण्डी संचालन गर्नुका साथै अनलाइन जुवा, क्रिप्टो तथा अवैध रुपमा विदेशी विनिमय कारोबार गरेको प्रमाण फेला परेको हो । पक्राउ परेका आरोपीको घरबाट प्रहरीले ८९ लाख ६९ हजार नेपाली रुपैयाँका साथै ७ हजार २६ अमेरिकी डलरसमेत बरामद गरेको छ ।








