पाटन (ललितपुर) २४ कात्तिक |

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल दुरुपयोग हुँदा कुलत बढेको बताउनुभएको छ ।ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फूलचोकी माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ, सदस्यहरु वुद्धिबहादुर श्रेष्ठ, हरिबहादुर मुल्मी, न्हुच्छेदास नापित र कृष्णबहादुर श्रेष्ठको सालिक अनावरण तथा विद्यालय स्मारिका लोकार्पण कार्यक्रममा मन्त्री शर्माले सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौँ भने गुणात्मक विकास गर्न सक्दैनौँ भन्नुभयो ।“वर्तमान युग सूचना प्रविधिको हो । सामाजिक सञ्जालको ठीक प्रयोग गर्न सक्दा आयआर्जन गर्न सकिन्छ । सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौँ भने गुणात्मक विकास गर्न सक्दैनौँ । सामाजिक सञ्जालको दुरुपयोग बढेको छ । बालबालिका त्यसको सिकार भएका छन्, यही कुरालाई ध्यान दिएर सामाजिक सद्भाव कायम राख्नका लागि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न मन्त्रिपरिषद्ले निर्देशिका पारित गरिसकेको छ ।विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि र शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहजीकरण समन्वय गर्न तयार रहेको बताउँदै मन्त्री शर्माले प्रविधिको क्षेत्रमा गर्नुपर्ने कामका लागि प्रस्ताव लिएर आउन आग्रह गर्नुभयो ।

संविधानले १२ कक्षासम्मको शिक्षालाई निःशुल्क र आधारभूत शिक्षाको रुपमा परिभाषित गरेको बताउँदै मन्त्री शर्माले सामुदायिक विद्यालयको स्तरोन्नति गर्दै सबैलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने अवसर सृजना गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले २०७४ मा निर्वाचित भएर आउँदा सामुदायिक विद्यालयको अवस्था नाजुक रहेको सम्झना गर्दै अनुदान दिएर सामुदायिक विद्यालयको स्तरोन्नति गरेर नतिजामा सुधार ल्याउन प्रयास गरेको बताउनुभयो ।“विसं २०७४ मा निर्वाचित भएर आउँदा सामुदायिक विद्यालयको अवस्था नाजुक थियो । हामीले स्थानीय तहबाट अनुदान दिएर सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्छ भन्ने उद्देश्यका साथ नगरपालिकाभित्रका सबै विद्यालयलाई सुधार गर्न लाग्यौँ, जसले सुधार आउन थाल्यो । अहिले पनि नतिजामा सुधार भइरहेको छ ।गुणस्तरीय शिक्षा दिइरहेको अवस्थामा नगरपालिकाभित्रका विद्यालयमा पूर्वाधारको अवस्था सुधार गर्नुपर्ने आवश्यक रहेको उल्लेख गर्दै प्रमुख महर्जनले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षक र अभिभावकको चासो बढेको प्रष्ट पार्नुभयो ।विद्यालयका प्रधानाध्यापक गोपालकुमार पाण्डेले विसं २०१६ वैशाख २५ गते स्थापित विद्यालयले २०४२ देखि एसएलसीमा सहभागी भएको जनाउँदै आफू २८ वर्षदेखि कार्यरत रहेर विद्यालयको शैक्षिकस्तर अभिवृद्धिमा निरन्तर लागि परेको बताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संस्थापकको सालिक स्थापना गरेर योगदानको सम्मान गर्ने परम्परा स्थापित गर्न चाहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here