hfh/sf]6 !* sflQsM e"sDkn] elTsPsf 3/ hfh/sf]6df /fdL8fF8f s]G› laGb' agfP/ z'qmaf/ /flt cfPsf] e"sDkn] e]/L gu/kflnsf–# 7fF6Lahf/df elTsPsf 3/ . tl:a/M ;'/]z cfrfo{÷/f;;

भेरीगङ्गा (सुर्खेत), २३ कात्तिक |

रुकुम–पश्चिम आठबिसकोट हीरा विक माइतीमा नगएको धेरै भएको थियो । दाईहरु भदाभदैसँग भेट्न जाने भन्दाभन्दै घरको कामले समय नै मिलाउन नसकेर उहाँ माइतीमा जान पाउनुभएको थिएन ।यही कात्तिक १७ गते उहाँ घरको कामबाट फुर्सद मिलाएर भेटघाटको लागि माइतीमा जानुभयो । धेरैपछि आएकी बहिनीलाई माइतीमा मिठोमसिनो खुवाउनुपर्छ भनेर उहाँको दाइले मासु किनेर ल्याउनुभयो । अनि सबैजना खाना खाएर सुख दुःखका कुराकानी गर्दै थिए । अनि हीराको दाइले रात धेरै गइसक्यो बहिनी अब सुत्नुपर्छ भनेपछि सबैजना आफ्नो आफ्नो कोठामा गए ।उनीहरु सबैजना सुत्नेबेला घडीमा रातको साढे ११ बजेको थियो । “म माइतीमा पाहुना आएको थिएँ । हीराले भन्नुभयो, “धेरैपछि माइतीमा आउँदाको खुसी धेरै थियो । सबैजना सुखदुःखका कुरा गरेर बसिरहेका थियौँ । दाइले अब धेरै रात बित्यो सुत्नुपर्छ भनेपछि हामी सबै सुत्न आफ्नो आफ्नो कोठामा गयौँ । कोठामा भर्खर सुतेका थियौँ, घर हल्लिन थाल्यो एकैछिमा सबै घर तल खस्यो । भाग्यले आफ्नो ज्यान जोगिएकी हीराले बाहिर चिच्यावट आवाज आएपछि मात्रै घर भत्किएको थाहा भएको उहाँ बताउनुहुन्छ । “हामी सबै घरभित्र पुरियौँ ।दाइभाइ र भदाभदैसँग भेट्न आएकी हीराले सबैसँग भेट्न पाउनुभयो । तर दाइकी छोरीसँगको त्यो भेट अन्तिम रहेछ । “कानले सबै कुरा सुनेको थिएँ । भदैनीले फूपु बचाउनुहोस् बचाउनुहोस् भनेको याद ताजै छ, अलि छिटो निकालेको भए सकभर भदैनी बाँच्थिन होला ।”हीराले भक्कानिदै भन्नुभयो, “भदैनी छोडेर गइसकी । माइतीमा मात्रै होइन, आफ्नो घरमासमेत त्यस्तै पीडा रहेको उहाँ बताउनुहुन्छ । उहाँको घरसमेत पूर्णरुपमा क्षति भएको छ । मानवीय क्षति भने हुन पाएन । तथापि घर भने केही बाँकी छैन् । “हामीले भोग्नसम्म पीडा भोगिरहेका छौँ । माइतीमा यति ठूलो समस्या भयो, घर केही रहेनन् । आफ्नो घरपनि सबै गइसक्यो । सबैतिर समस्या नै समस्या छ ।सरकारले अहिले राहत त दिइरहेको छ । तर पुनःस्थापनाको काम छिटो गरिदिन उहाँको सरकारसँग माग छ । अहिले जाजरकोट र रुकुम पश्चिममा अधिकांश गाउँमा यस्तै पीडामा मानिस रहेका छन् । यो पीडामा मल्हम लगाउनको लागि सरकार र विभिन्न निकायबाट राहत सहयोग त गइरहेको छ । तर राहत वितरणमा ढिलाइ भइरहेको गुनासो पनि छ ।मनोविदहरुले भूकम्पबाट प्रभावित भएकालाई मनोसामाजिक समस्या देखिनसक्ने जनाउँदै सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । विशेषगरी भूकम्पको त्रासमा रहेको महिला बालबालिकालाई मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यतातर्फ ध्यान दिन मनोविद्हरुको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here