अखिलेश कुमार यादव ।

बारा १३, कार्तिक । बारा जिल्लाको प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको राजिनामा को मांग गर्दै बाराको सदरमुकाम कलैयामा सोमबार बिरोध प्रदर्शन गरिएको छ । सोमबार दिउसो १ बजेको समयमा सदरमुकाम कलैयामा संचालनमा रहेको बाल एकता इन्ग्लिश बोर्डिंग स्कूलको प्रधानध्यापक रुपेश स्वर्णकारको गोलि हानि हत्या गरिएको बिरोधमा एसपीको राजिनामाको मांग गर्दै युवाहरु र स्थानियहरुले नाराबाजी गर्दै एसपी काफ्लेको राजीनामाको मांग गर्दै बिरोध प्रदर्शन गरेको छ ।
दिनदहाडै मोटरसाईकलमा आएका २ जनाले बाल एकता बोर्डिङ्ग स्कूलका प्रधानध्यापक रुपेश स्वर्णकारको गोलि हानि हत्या गरे पछि अहिले बारा बासि त्रसित बनेको छ । ३५ दिन न बित्दै बारामा तेश्रो पटक दिनदहाडै गोलि हानेर हत्या गरिएको छ। स्वर्णकारको हत्यारालाई फासीको सजाय दे बाराका एसपी काफ्लेले तुरुन्त राजिनामा दे नाराबाजी गर्दै कलैयामा बिरोध प्रदर्शन गरिएको छ। बारामा प्रहरी प्रमुखको जिम्मेवारी पाएको एसपी सुरेश काफ्ले आए संगै बारा जिल्लामा गोलि हानेर हत्या गर्ने घटना बढेको छ। दिनदहाडै गोलि हानेर हत्या गरेको घटना बढे पछि अहिले बारा जिल्ला बासि त्रसित भएको छ।
यो भन्दा पहिला बाराको पचरौतामा एक महिना पहिला गोनी हानेर एक जना भारतीय नागरिक र एक जना प्रहरी जवानको हत्या गरिएको थियो । हत्यामा संगलंगनलाई प्रहरीले पक्राउ गरे पनि अहिले बारामा प्रहरीको फितलो सुरक्षाको कारण गोलि हानेर हत्या गर्ने घटना बढेको स्थानीयहरु बताउँछन् । बारा भारतीय सिमानाका संग टासिएको जिल्ला भएको हुनाले बारा जिल्लामा भारतबाट सुटरहरु आएर घटनालाई अन्जाम दिएर खुल्ला सिमा नाका भएको कारण फेरि भारत तिर भाग्ने गरेकोले दोषीलाई समात्न गाह्रो हुने गरेको प्रहरीले बताएको छ ।
यता प्रहरी श्रोतको अनुसार रुपेश स्वर्णकारको हत्याको मुख्य योजनकारलाई प्रहरीले कलैयाबाट पक्राउ गरेको बाताइएको छ। भने अहिले सम्म प्रहरीले पक्राउ परेका व्यक्तिको नाम खुलाएको छैन । पक्राउ पर्नेमा महिला रहेको बुझिएको छ । बारा प्रहरीले सुरक्षा व्यवस्था कडा भएको भने पनि स्वर्णकारको गोलि हानि हत्या भए पछि बारा प्रहरीको सुरक्षा व्यवस्था फितलो भएको प्रष्ट भएको छ । घटना बारे प्रहरीले अहिले थप्प अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here