काठमाडौं,८,कात्तिक  ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हमासलाई आफ्नो भूमिको रक्षाका लागि लडिरहेको ‘मुक्ति समूह’ भएको बताएका छन् ।हमासलाई इजरायल, अमेरिका, ईयू र बेलायतले आतंकवादी समूहका रूपमा व्याख्या गरिरहेका बेला टर्कीका राष्ट्रपतिले यस्तो अभिव्यक्ति दिएका हुन् ।टर्कीको संसदमा सम्बोधन गर्दै एर्डोगानले आफूले इजरायल भ्रमण गर्ने योजनासमेत रद्द गरेको बताएका छन् ।राष्ट्रपति उर्डोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग हात मिलाएको तर उनले टर्कीको असल नियतको दुरुपयोग गरेको आरोप समेत लगाए ।एर्डोगाल र नेतान्याहुले गत महिना न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा भेट गरेका थिए । उक्त भेटलाई टर्की र इजरायलबीच रहेको तिक्ततापूर्ण सम्बन्धमा आएको सुधारको महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको थियो ।गत ७ अक्टोबरमा हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेपछि १४०० भन्दा बढी मानिस मारिएका थिए । त्यसपछि इजरायलले प्यालेस्टाइनको गाजा र वेस्ट बैंक क्षेत्रमा आक्रमण गर्दा हजारौँ नागरिकको ज्यान गइसकेको छ भने लाखौं नागरिक घरवार विहिन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here