काठमाडौँ, २९ असोज  |

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताउनुभएको छ ।महिला आर्थिक पत्रकार सङ्घ (फेजा) को औपचारिक उद्घाटन कार्यक्रममा उहाँले अर्थतन्त्र सुधारका लागि सबैले सहयोगको अपेक्षा सरकारले राखेको बताउनुभयो ।सामूहिक अठोटका साथ काम गरौँ । जहाँ अप्ठ्यारो छ, त्यसलाई फुकाउन अर्थमन्त्रालय तयार छ । आर्थिक सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको र सकारात्मक नतिजा पनि देखिँदै गएको उहाँको भनाइ छ ।अर्थमन्त्री महतले मुलुकको अर्थ–सामाजिक विकासका लागि महिला सशक्तीकरणको आवश्यकता पनि औँल्याउनुभयो । हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउँदै उहाँले जाने र समावेशी विकासको अवधारणा अँगालेपछि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा महिला सहभागिता बढेको बताउनुभयो ।आर्थिक पत्रकारिताका क्षेत्रमा काम गरिरहेका महिलाको सीप तथा क्षमता विकासका लागि समन्वयकारी भूमिका निभाउने उद्देश्यले फेजा गठन भएको अध्यक्ष शर्मिला ठकुरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here