वालिङ (स्याङ्जा), २८ असोज |

यहाँको पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुगेको छ । वालिङ-१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावी र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको सङ्ख्या बढेको हो ।विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्‍याउने उद्देश्यसहित दाताहरुले अक्षयकोषको स्थापना गर्नुभएको हो । पूर्णामृत भवानी माविका १९ र कालिका आधारभूत विद्यालयका २० गरी अक्षयकोषको सङ्ख्या ३९ पुगेको हो ।दाताहरुले जुन शीर्षकका लागि अक्षयकोष स्थापना गर्नुभएको हो सोही शीर्षकमा खर्च हुन्छ ।” विद्यालयको वार्षिकोत्सवका अवसरमा दाताकै उपस्थितिमा अक्षयकोषको रकम खर्च गरिने उहाँको भनाइ छ ।हालसम्म विद्यालयमा स्थापना भएका अक्षयकोषमध्ये सबैभन्दा ठूलो राशिको रु तीन लाख ३३ हजार तीन सय ३३ र थोरै राशिको रु दश हजार ११ को रहेको छ । अक्षयकोषको व्यवस्थापन गर्नका शिक्षक गोपालधन सुवेदीको संयोजकत्वमा डिल्लीराम बगाले र अर्जुनप्रसाद तिवारी सदस्य रहेको ‘अक्षयकोष छात्रवृत्ति ब्यवस्थापन समिति’ गठन गरिएको छ । गरिब, जेहेन्दार, सर्वोत्कृष्ट छात्रछात्रा, अतिरिक्त क्रियाकलाप, अनुशासित विद्यार्थी लगायतका विभिन्न शीर्षकमा छात्रवृत्ति वितरण गर्ने गरिएको छ ।विद्यालयमा हाल अक्षयकोषको कूल रकम रु सत्र लाखभन्दा बढी पुगेको छ । उक्त विद्यालय २०१९ सालमा स्थापना भएको स्याङ्जाकै पुरानो मध्येको एक विद्यालय हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here